+

च्याम्पियन्स लिग फाइनल : डर्टमण्डले रियल मड्रिडलाई रोक्ला ?

२०८१ जेठ  १८ गते १४:४९ २०८१ जेठ १८ गते १४:४९
च्याम्पियन्स लिग फाइनल : डर्टमण्डले रियल मड्रिडलाई रोक्ला ?

१८ जेठ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ को फाइनल शनिबार राति लन्डनस्थित वेम्बली मैदानमा हुँदैछ । जसमा स्पानिस महारथी रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड भिड्दैछन् ।

च्याम्पियन्स लिगमा सधैँ सरप्राइज दिने र असाधारणलाई पनि सामान्य बनाउन सक्ने रियल कीर्तिमानी १५औं पटक उपाधि जित्ने लक्ष्यमा छ । उता डर्टमण्डले भने परिको कथाजस्तै यात्रा तय गर्दै फाइनलमा स्थान बनाएको छ ।

यस्तोमा रियलले उपाधि संख्या १५ पुर्‍याला वा डर्टमण्डले आफ्नो यात्रालाई फाइनलमा पनि जारी राख्दै उपाधि जित्ला भन्ने सबैको चासो छ ।

च्याम्पियन्स लिगमा स्पानिस जायन्ट रियल मड्रिड जत्तिको सफलता अरू कुनै क्लबले पाउन सकेको छैन । त्यसैले पनि डर्टमण्डविरुद्ध मेदान उत्रिंदा रियल ‘फेभरेट’ टिमको रूपमा हुनेछ । उता डर्टमण्डले भने विभिन्न बाधालाई पार गर्दै लन्डनसम्मको यात्रा तय गरेको हो ।

च्याम्पियन्स लिगमा महत्त्वपूर्ण समयमा नतिजा आफ्नो पक्षमा पार्न सक्ने बानी भएको रियलले फाइनल पुग्ने क्रममा त्यो उदाहरणलाई प्रमाणित गरिसकेको छ ।

कार्लो एन्सेलोटीको टिमले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको बाधालाई सामना गर्दै क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । यस्तै सेमिफाइनल दोस्रो लेगमा घरेलु मैदान सान्टियागो वर्नाबेउमा अर्को उत्कृष्ट पुनरागमनका साथ बायर्न म्युनिखलाई हरायो ।

स्पानिस च्याम्पियन रियल यस सिजनलाई यादगार बनाउने लक्ष्य लिएर र उपाधि जित्ने विश्वासका साथ इङ्लिस राजधानीको यात्रामा छन् ।

मड्रिडले यस सिजन सबै प्रतियोगितामा ५४ खेलमा जम्मा दुई खेलमा मात्र हार व्यहोरेको छ । ला लिगामा बार्सिलोनामाथि १० अंकको अग्रता बनाउँदै उपाधि जितेको रियलले स्पानिस सुपर कपमा पनि बार्सिलोनालाई ४-१ ले हराएर उपाधि जितेको थियो ।

‘म यहाँ आएको हुँ किनभने म जित्न चाहन्छु, र यो आशा गर्न चाहन्छु,’ मड्रिडका मिडफिल्डर जुड बेलिङ्घमले भने । जो १२ महिना अघि डर्टमुन्ड छाडेर स्पेनको राजधानी पुगेका थिए ।

‘यो लगभग अलि लोभी हुन सक्छ । तर तपाईं विश्वस्त हुनुपर्दछ जब तपाईं धेरै महान खेलाडीहरूसँग खेल्दै हुनुहुन्छ,’ जुडले भने ।

 दि अल्टिमेट बोस

बेलिङ्घमको करियर इङ्लिस च्याम्पियनसिप क्लब बर्मिङ्घमबाट सुरु भएको थियो । त्यसपछि जर्मन क्लब डर्टमण्डमा उनले आफ्नो खेल विकास गरे । मड्रिडले गत सिजन उनलाई १० करोड यूरो (१०९ मिलियन अमेरिकी डलर) भन्दा बढीमा ट्रान्सफर शुल्कमा अनुबन्ध गरेको थियो ।

बेलिङ्घम विना डर्टमण्डले घरेलु प्रतियोगिताहरूमा संघर्ष गरेको थियो । बुण्डेसलिगामा च्याम्पियन बायर लेभरकुजनभन्दा डर्टमण्ड २७ अंकले पछि रह्यो ।

यद्यपि एडिन तेर्जिकको टोली च्याम्पियन्स लिगको लागि आफ्नो उत्कृष्टता बचाएर राखेको थियो र क्लबको इतिहासमा तेस्रो पटक फाइनल पुगेको छ ।

११ वर्षअघि वेम्बलीमै भएको च्याम्पियन्स लिग फाइनलमा डर्टमण्ड वायर्न म्युनिखसँग पराजित भएको थियो ।

यस पटक डर्टमण्ड पेरिस सेन्ट जर्मन, एसी मिलान र न्युक्यासल रहेको ग्रुप अफ डेथमा शीर्ष स्थानमा रहेको थियो ।

सेमिफाइनलमा पीएसजीलाई वीरतापूर्ण रक्षात्मक प्रदर्शन गर्नुअघि डर्टमण्डले पीएसभी आइन्डहोभन र एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो ।

‘उनीहरूले च्याम्पियन्स लिगमा दौडको वरिपरि आफ्नो सिजन तयार गरेका छन्,’ बेलिङ्घमले थपे ।

‘उनीहरूले आश्चर्यजनक रूपमा खेलेका छन् । चरित्र र मानसिकतामा उनीहरूले धेरै खेलमा देखाएका छन् । उनीहरू कठिन दौड पार गर्दै फाइनल पुगेका छन् र तपाईंले यसलाई सम्मान गर्नुपर्छ,’ बेलिङ्घमले भने ।

रियलमा अनुबन्ध नजिक पुगेका केलियन एमबाप्पेलाई अन्तिम चारमा बाँधेर राखेको डर्टमण्डले १९८३ पछि रियललाई युरोपियन फाइनलमा पहिलो पटक हराउन अर्को शानदार प्रदर्शन गर्नुपर्ने हुन्छ ।

‘हाम्रो लक्ष्य फाइनलमा पुग्नु थिएन, हाम्रो लक्ष्य च्याम्पियन्स लिग जित्ने हो,’ डर्टमन्डका फ्यानदेखि प्रशिक्षकसम्म बनेका टेर्जिकले भने, ‘यदि तपाईं च्याम्पियन्स लिग जित्न चाहनुहुन्छ भने तपाईंले च्याम्पियनलाई हराउनुपर्छ । अब फुटबलको इतिहास र विशेषगरी यस प्रतियोगितामा निरपेक्ष च्याम्पियन हाम्रो लागि पर्खिरहेको छ । दि अल्टिमेट बोस ।’

 मड्रिडको च्याम्पियन्स लिग परम्परा समृद्ध छ । यसको अर्थ शनिबार केही व्यक्तिगत उपलब्धिहरू पनि बन्न सक्छन् ।

रियलका प्रशिक्षक एन्सेलोटीले चार पटक युरोपियन कप जित्ने एकमात्र प्रशिक्षकको रूपमा आफ्नो कीर्तिमान बनाउन सक्छन् ।

ड्यानी कार्भाजल, लुका मोड्रिच र आफ्नो करियरको अन्तिम क्लब खेल खेलिरहेका टोनी क्रुसले मड्रिडका लिजेन्ड पाको गेन्टोको ६ पटक जित्ने एकमात्र खेलाडीको कीर्तिमान बनाउन सक्छन् ।

एएफपीको सहयोगमा 

च्याम्पियन्स लिग डर्टमण्ड रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय