+
+
साताको सेयर बजार :

२.९ प्रतिशत घटेको बजारमा युनिलिभरले उचाल्यो उत्पादन समूह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १४:५६

१८ जेठ, काठमाडौं । यो साता सेयर बजार २.९ प्रतिशत घटेको छ । गत साता २१३१ अंकमा बन्द भएको बजार यो साता २०६९ अंकमा झर्‍यो । गत साता नेप्से ५.६ प्रतिशत बढेको थियो । गत साता उच्च दरले बजार बढेका कारण यो साता धेरै कारोबारी/लगानीकर्ता नाफा बुक गर्नतिर लागे ।

यो साता मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट घोषणा गरे । सो दिन सार्वजनिक विदा परेपछि ४ दिन मात्रै कारोबार भयो । आइतबार २२.१४ अंक घटेको बजार सोमबार ३.९३ अंक बढ्यो ।

मंगलबार सार्वजनिक विदा थियो । बुधबार २३.८१ र बिहीबार १९.८९ अंक घटेसँगै नेप्से २०६९ अंकमा झर्‍यो । बजार घटे पनि यो साता कारोबार रकम उल्लेख्य देखिन्छ । आइतबार ४ अर्ब ४४ करोड, सोमबार ३ अर्ब ८९ करोड, बुधबार ४ अर्ब ५७ करोड र बिहीबार ४ अर्ब २१ करोडको कारोबार भयो ।

बैंकिङमा उच्च गिरावट, उत्पादनमा वृद्धि
बैंकिङ समूह गत साता सबैभन्दा धेरै १३.४ प्रतिशत बढेको थियो तर यो साता ६.१२ प्रतिशत घट्यो । बैंकिङ समूहका कम्पनीबाट लगानीकर्ता तथा कारोबारीले यो साता नाफा बुक गर्दा उच्च दरले घटेको देखिन्छ । यसको विपरित उत्पादन समूह सबैभन्दा धेरै ३.८४ प्रतिशतले बढेको छ । गत साता यो समूह १.१६ प्रतिशत मात्रै बढेको थियो ।

मुख्यतः उत्पादन समूहको एउटा कम्पनी युनिलिभर नेपालले अधिकृत पूँजी बढाएको छ । कम्पनीले अब चुक्ता पूँजी पनि बढाउने र सोका लागि बोनस सेयर तथा हकप्रद सेयर समेत दिन सक्ने अनुमानका बीच केही दिनयता यस कम्पनीको मूल्य १० प्रतिशत बढिरहेको छ ।

कम्पनीको मूल्य अहिले हालसम्मकै उच्च प्रतिकित्ता ४७ हजार ४०० रुपैयाँ पुगेको छ । यहीं कम्पनीको मूल्यका कारण समग्र समूहमा उच्च योगदान पुगेको हो । यस समूहमा जम्मा ९ कम्पनी सूचीकृत छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?