+
+

सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ, ‘क्याम्प २’मा डिजे कन्सर्टको रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १६:२९

काठमाडौं । सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै उनी सर्वोच्च शिखर चढेका थिए ।

उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार पनि हुन् । शुक्रबार उनलाई काठमाडौं विमानस्थलमा शेर्पा समुदायले भव्य स्वागत गरेका छन् ।

क्याम्प २ मा डिजे कन्सर्ट गरेर आफूले विश्व कीर्तिमान बनाएको पनि उनले बताए । ‘ग्लोबल वार्मिङ रोकौं, हिमाल संरक्षण गरौं’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा चढेका थिए ।

‘अहिले जलवायु परिवर्तनको कारण अहिले विश्वलाई समस्या परिरहेको अवस्था छ । हिमाल संरक्षणको सन्देश दिने उद्देश्यले आरोहण गरेका हौं’ काठमाडौं विमानस्थलमा उनले पत्रकारहरुसँग भने ।

सगरमाथा आरोहण सोचेअनुसार सफल भएकोमा आफू खुसी रहेको समेत उनले बताएका छन् । आरोहणअघि उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री हितबहादुर तामाङले आरोहण सफलताको कामना गर्दै राष्ट्रिय झण्डासहित बिदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?