+
+

प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १६:३४

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए ।

भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’

भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा पछि छलफल भएको बताइएको छ ।

नेकपा एमालेले सत्तारुढ दल भएर विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने अध्यक्ष नेपाल आफूसँग परामर्श गरेरै प्रतिपक्ष दलहरुको बैठकमा गएको बताएका छन् । माधव नेपालका कारण सत्ता गठबन्धनमा समस्या नआउने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?