+
+

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १६:३४

१८ जेठ, काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ४१ वर्षीय हर्कमान तामाङ छन् । उनलाई ललितपुरको महालक्ष्मीस्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

उच्च अदालत पाटनबाट ८ जेठ २०८१ मा उनीविरुद्ध बैंकिङ कसुरमा ६ लाख ८० हजार जरिवाना, २ दिन कैद र २७ हजार २ सय क्षतिपूर्ति भराउने फैसला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?