+
+

फिल्म ‘लण्डन टु पेरिस’को नयाँ रोमान्टिक गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १६:३७

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ । शुक्रबार रिलिज गरिएको रोमान्टिक गीतमा बियोन्डको संगीत तथा शब्द अनि बियोन्ड र प्रबिसा अधिकारीको स्वर छ ।

यो डान्सिङ नम्बरको गीतमा साम्राज्ञी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन् । गीतलाई लंगनेस फर्नान्डेजले नृत्य निर्देशन गरेका हुन् । गीतले तीन जोडीको प्रेमकथा दर्शाउँछ ।

ट्राभल लभस्टोरीमा आधारित यो फिल्मको पटकथा प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय पनि छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा छन् ।

सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । फिल्म जेठ २५ गतेदेखि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?