+
+

चितवनमा १५० किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १६:४०

१८ जेठ, काठमाडौं । चितवनको राप्ती नगरपालिका–८ खुरखुरेबाट १५० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले बीआर २२ क्यू ४३४१ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । गाडी जाँच गर्न खोज्दा चालक फरार भएका थिए ।

गाडीको पछाडि ढालामा वेल्डिङ गरी बनाएको फल्स बटनमा लुकाइछिपाइ राखेको १८ वटा पोकामा १५० किलो गाँजा भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?