+
+

कुमारी बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १७:२९

काठमाडौं । कुमारी बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित भएको छ ।

इन्फोसिसका अनुसार अर्वाडका लागि १० विधामा २०० मनोनयन परेका थिए । जसमध्ये कुमारी बैंक कोर बैंकिङ ट्रान्सफर्मेसन विधा तर्फ उत्कृष्ट हुँदै उक्त अवार्ड पाएको बैंकले जनाएको छ ।

इन्फोसिसको फिनाकल कोर बैंकिङ सफ्टवेयरले बैंकिङ क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ ।

कुमारी बैंकले प्राप्त गरेको यो उपधिले भविष्यमा नवीन प्रविधिमार्फत बैंकिङ क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?