+
+

क्याबिनेटले भ्रमण स्वीकृत गर्‍यो, बालेनले सिंगापुर नजाने निर्णय लिए

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १७:५०

१८ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंगापुर भ्रमण स्थगित गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले भ्रमणको लागि स्वीकृती दिइसकेपछि बालेनले भ्रमण रद्द गरेका हुन् ।

२० देखि २२ जेठसम्म सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिनका लागि बालेनले मन्त्रिपरिषद्को स्वीकृति माग गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकले उनको भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

तर मेयर बालेनले भने नजाने निर्णय लिएका छन् । ‘बजेट आउने बेला भयो, अहिले कार्यव्यस्तताले भिजिट क्यान्सिल गरेका हौं । यो पटक सिटी समिटमा महानगरबाट कोही पनि जाँदैनन्,’ बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अनलाइनखबरसँग भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?