+
+

सिट्रोनले नेपालमा ई–सी३ साइन सार्वजनिक गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १८:१६

काठमाडौं । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई–सी३ लाइन–अपको प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपालमा सार्वजनिक गर्दैछ ।

नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यका साथ धेरै परिष्कृत सुविधाहरू समेटेको कम्पनीको भनाइ छ ।

उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिट्रोन ई–सी३ साइन, कार उत्साहीहरूका लागि उपयुक्त विकल्प हुनेछ, जसले स्टाइल र फिचर दुवैलाई महत्व दिने कम्पनीको विश्वास छ ।

यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विलहरू र इलेक्ट्रिकल ओआरभीएमहरू जस्ता नयाँ सुविधाहरू सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

सिट्रोनको ई–सी३ साइनले विद्युतीय गाडीको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्नेछ ।

नयाँ सिट्रोन ई–सी३ साइनसँग नवप्रवर्तन, आराम र किफायतीताको उत्तम मिश्रणको अनुभव लिन सकिने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?