
१८ जेठ, काठमाडौं । नेकपा एमाले निकट पेशागत महासंघ नेपालले राजनीतिक संलग्नताकै आरोपमा शिक्षकहरूमाथि कारबाही गरिए प्रतिवादमा उत्रिने चेनावनी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले लगातार कारबाहीको चेतावनी दिएर शिक्षकहरूलाई आतंकित बनाउने काम गरिरहेको महासंघले जनाएको छ ।
मन्त्री श्रेष्ठको यस्तो अभिव्यक्ति नसच्चिए संगठित प्रतिवादमा उत्रिने महासंघले तयारी गरेको अध्यक्ष पुण्यप्रसाद ढकालले बताए ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत अध्यक्ष ढकालले शिक्षकहरूको आत्मसम्मान र मनोबल उच्च राख्न पनि संगठित रूपमा प्रतिवाद गरिने चेतावनी दिए ।
‘जिम्मेवार पदमा बसेपछि विना विश्लेषण र अनुसन्धान पोलिटिकल स्टन्टबाजका लागि लोकरिझ्याँइकै लागि अभिव्यक्ति दिने कुरा गलत छ’, ढकालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4