+

एडुक्रोप र टिम दिव्यलाई उपाधि

२०८१ जेठ  १८ गते १९:३१ २०८१ जेठ १८ गते १९:३१
एडुक्रोप र टिम दिव्यलाई उपाधि

१८ जेठ, काठमाडौं । एडुक्रोप र टिम दिव्यले एस कप प्लस टु थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एडुक्रोप ब्वाइज तथा दिव्य गर्ल्समा च्याम्पियन बने ।

सिनामंगलस्थित एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा ब्वाइजको रोमाञ्चक फाइनलमा एडुक्रोपले ग्रिनफिल्डलाई २२–२० ले पराजित गर्‍यो ।

खेल अत्तिरिक्त समयमा लम्किएको थियो । निर्धारित समयको खेल २०–२० को बराबरीमा सकिएको थियो । अत्तिरिक्त समयमा पहिले २ स्कोर गर्ने टिम विजयी हुने नियम छ । अत्तिरिक्त समयमा एडुक्रोपका सन्देश खड्का र काल्साङ शेर्पाले समान १–१ स्कोर गर्दै एडुक्रोपका उपाधि सुनिश्चित गरे ।  सर्वाधिक स्कोर भने एडुक्रोपकै उर्गेन लामाको नाममा रह्यो । उनले १४ अंक जोडे ।

गर्ल्सतर्फ  टिम दिव्यले बलर्स एकेडेमीलाई ८–५ ले हरायो । विजयी टिमका लागि विनामनी योञ्जनले ४ स्कोर गरिन् । ब्वाइज र गर्ल्स दुवैमा पहिलो हुनेले १५ हजार र दोस्रोले १० हजार नगद पुरस्कार हात पारे ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय उर्गेन र विनामनी ‘मोस्ट भेलुयबल प्लेयर’ घोषित भए । दुवैले बुद्ध एयरको माउन्टेन फ्लाइट र झमेल बिट्सको ३ हजार बराबरको कुपन प्राप्त गरेका छन् ।

विजेतालाई एसका कार्यकारी निर्देशक डा. आशिष तिवारी र प्रोग्राम म्यानेजर कौशलराज पौडेलले पुरस्कृत गरे ।

तीनदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १६ टिमको सहभागिता रहेको एसका प्रशासकीय अधिकृत आशिष न्यौपानेले जनाएका छन् ।

बास्केटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय