
२३ जेठ, काठमाडौं । अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी गाइडलाइन एडभाइजरी ग्रुप्स कमिटीका सदस्यमा क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही चुनिएका छन् । उनी ४ जुनबाट लागु हुनेगरी ४ वर्षका लागि उक्त समूह सदस्यमा चुनिएका हुन् ।
गाइडलाइन सल्लाहकार समूहले उक्त सोसाइटीको एभिडेन्समा आधारित चिकित्सा कमिटीलाई गाइडलाइन बनाउन विषयहरूको पहिचान र प्राथमिकताहरु सिफारिस गर्छ ।
यसैगरी सोसाइटीले क्लिनिकल अभ्यासका लागि निर्माण गरेको गाइडलाइन समिक्षा गर्ने वा संयुक्त रुपमा गाइडलाइन बनाउने कार्यसमेत गर्छ ।
विश्वभरीमा क्यान्सर उपचारमा भइरहेका अभ्यासहरुलाई एकीकृत गर्दै नीति निर्माणका साथै नीति निर्मातालाई, स्वास्थ्यका संगठन, उपचारमा संलग्न चिकित्सक र बिरामीहरुलाई जानकारी दिने काम पनि गर्दछ ।
अरुणले यसलाई अवसरका रुपमा लिएका छन् । क्यान्सर उपचारमा भइरहेका विश्वका अभ्यास, प्रयास र सफलता नेपालमा भित्र्याउन सघाउनुका साथै नेपालको अभ्यास विश्वमाझ पुर्याउने मञ्चको रुपमा आफूले यो अवसरलाई लिएको उनले बताए ।
प्रतिक्रिया 4