+
+

जसपा नेपालको अध्यक्षका उम्मेदवारको शुल्क ७ हजार, केन्द्रीय सदस्यलाई कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १९ गते १०:४०

१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई दस्तुर निर्धारण गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले तयार पारेको महाधिवेशन निर्वाचन निर्देशिकामा सदस्य तथा पदाधिकारी पदका उम्मेदवारका लागि दस्तुर तोकिएको छ । जसअनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई रु सात हजार दस्तुर तोकिएको जसपाको केन्द्रीय प्रकाशन तथा प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

त्यसैगरी महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्म्मेदवारले पाँच हजार शुल्क बुझाउनुपर्ने छ ।

केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि रु तीन हजार शुल्क निर्धारण गरिएको छ ।

जसपा नेपालको महाधिवेशन यही जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ । महाधिवेशनमा करिब एक हजार एक सय प्रतिनिधि निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?