+
+

बजेटप्रति ओलीको असन्तोष, दलको बैठकमा भने– हामीसँग सल्लाह नै गरिएन !

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १९ गते १४:५४

१९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको टिप्पणी गरेका छन् ।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरुबीच सल्लाह गरेर बजेट ल्याएको भए राम्रो हुने बताए ।

‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, उनले भने ।

ओलीले बजेटमा यो गम्भीर त्रुटि रहेको भन्दै यस विषयमा संसदमा खुलस्त छलफल गर्ने बताए । सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनले बताए ।

‘हामी बजेटलाई समर्थन गर्छौं र पारित गर्छौं । यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन’, उनले भने ‘…यदि एउटालाई अनुकुल अर्कोलाई प्रतिकुल भयो भने त्यो कुरा भन्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?