+
+

गुल्मीमा दूधका परिकार खुवाएर मनाइयो दुग्ध दिवस

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १९ गते १७:००

१९ जेठ, गुल्मी । विश्व दुग्ध दिवसको अवसरमा गुल्मीमा जिल्ला कारागारका कैदीबन्दी र उपल्लो तम्घासमा फरक क्षमताका विद्यार्थीले पढ्ने विद्यार्थीलाई दूधका परिकार खुवाइएको छ ।

जिल्ला कारागार गुल्मीमा रहेका १०० भन्दा बढी कैदी बन्दी र उपल्लो तम्घास माध्यमिक विद्यालय रहेका ३० जना फरक क्षमता विद्यार्थीलाई दुग्ध जन्य परिकार खुवाइएको थियो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल डेरी एशोशिएसन, लुम्बिनी दुग्ध वितरण आयोजना बलेटक्सार दूध चिस्याउने केन्द्र र विभिन्न दूध सहकारी र किसानको आयोजनामा दूध दिवसको कार्यक्रम गरिएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेका अनुसार जिल्लामा उत्पादित दूधको २० प्रतिशत मात्र बिक्री हुने गरेको बताए ।

जिल्लामा वर्षमा २२ हजार २५८ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा सुख्खा सिजनमा केही मात्रामा दूधको आवश्यक परे पनि अन्यन्त्रबाट दूध ल्याएर बेच्नु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?