
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारीको रकम अपचलन हुँदा ७० लाख मानिस अन्यायमा परेको भन्दै उनीहरुले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी नै रहने बताएका छन् ।
चितवनमा आयोजित कांग्रेसको कार्यक्रममा उनले सहकारी ठगीको समस्या समाधान र सर्वसाधारणको रकम फिर्ताका लागि हालै गठित संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने उनले बताए ।
गिरीबन्दु टी इस्टेटको जग्गा बिक्रीका लागि बाटो खोल्ने र सूदर्शन सहकारीको रकम अपचलनमा हालको सत्ता गठबन्धनमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै आरोपित हुनु दुखद भएको नेता महरको भनाइ छ ।
कांग्रेसका नेता कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालबाट हिउँ हराउँदै गएको र त्यसको असर वातावरणमा परेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4