+
+

न्यायपालिकाले असर नहेरी भटाभट फैसला गरिरहेको छ : सभामुख घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १९ गते २०:२३

१९ जेठ, विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यका तीन अंगबीच एकले अर्कालाई छल्न खोज्ने प्रवृत्ति देखिएको बताएका छन् ।

शनिबार नेपाल बार एशोसिएसशनको उच्च अदालत इकाइ विराटनगरले आयोजना गरेको ‘प्रचलित कानुनी व्यवस्थाहरुको प्रयोगमा देखिएको समस्या तथा समाधान विषयक अन्तर्क्रियामा बोल्दै उनले पछिल्लो समय न्यायपालिकाले असर नहेरी फैसला गर्ने गरेको टिप्पणी गरे ।

उनले भने, ‘अहिले आएर के देखापरेको छ भने प्राय सबै कुराहरुमा न्यायपालिकामा जाने र न्यायापालिकाले के कुरा  हेर्ने के नहेर्ने, त्यसको इन्प्याक्ट के हुन्छ ? सिद्धान्तका आधारमा के मा इन्टरफेयर (हस्तक्षेप) गर्ने कि नगर्ने भन्ने कुरा नहेरी भटाभटी डिसिजन गर्ने गरेको छ ।’

सभामुख घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकले अर्कालाई कसरी छल्न सकिन्छ भन्नेमा मात्र लागेको टिप्पणी गरे । ‘यो नहुनुपर्ने कुरा भएको छ, यी तीनवटा एक अर्कामा सहयोगी र एक अर्कामा मिलेर देशको शासनलाई, खासगरी विधिको शासनलाई प्रभावकारी बनाउनुपर्छ’, उनले भने ।

सभामुख घिमिरेले थपे, ‘कार्यपालिका सम्भव भएसम्म व्यवस्थापिकालाई छलेर अगाडि जानलाई सजिलो हुन्छ जस्तो गर्छ, न्यायापालिका सम्भव भएसम्म कार्यपालिका र व्यवस्थापिकाको अधिकारलाई आफ्ना निर्णयहरु गरेर जान चाहन्छ ।’

उनले पछिल्लो समय संसद कानुन निर्माणमा लाग्न नपाएको बताए । संसदले सरकारको काम हेर्ने र निर्देशन गर्ने काम गर्न  पनि नसकेको उनको स्वीकारोक्ति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?