+

नेशनल चेस च्याम्पियनसिप सुरु

२०८१ जेठ  १९ गते २०:२४ २०८१ जेठ १९ गते २०:२४
नेशनल चेस च्याम्पियनसिप सुरु

१९ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा शनिबारदेखि नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ ।

शनिबार सम्पन्न भएको खुल्लातर्फ फिडे नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम मिलन लामा मास्टर, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले सफलता हात पारी १ /१ अंक जोडेका छन् ।

क्षितिजले निकै नै प्रतिस्पर्धामक खेलमा पुर्व नेपाल च्याम्पियन काठमाडौका केशव श्रेष्ठलाई पराजित गरे। त्यसैगरी पुरुषोत्तमले दोलखाका राजीव कार्कीमाथि सफलता हात पारे भने मिलनले काठमाडौंका प्रेम महर्जनलाई हराएका थिए । सुशीलले झापाका प्रकाश नेपाललाई पन्छाउन सफल भए भने राजनले ललितपुरका सुरोज महर्जनलाई निराश पारे।

वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल उत्कृष्ट लयमा रहेका श्रुसुरत दाहालले बराबरीमा रोके र अंक बाँड्न बाध्य बनाए।

राउन्ड रोविनको प्रणालीमा संचालन भइरहेको प्रतियोगितामा महिलातर्फ पुर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङका शान्ति धिमाल कास्कीका पूजा भण्डारी , काठमाडौका विनिता कपाली , रिया श्रेष्ठले र पर्साका सुशिला गुरुङले जित निकालेका छन्।

सिन्दिराले भक्तपुरका श्रेया दुवाल पराजित गरिन् भने शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरी प्रथम स्थानमा रहेर छनौट भएकी झापाकी कृतिसारा अधिकारीलाई हराउन सफल भइन् भने विनिताले अंशु प्रजापतिलाई जितिन् ।

त्यसैगरी रियाले झापाकी पुनम प्रसाईंलाई र सुशीलाले भक्तपुरकी सविना गुज:लाई पराजित गरिन्।

६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेशनल बीबाट छनौट भएका खुल्लातर्फ र महिलातर्फ ९/ ९ जना र जना २३ औ नेशनल  च्याम्पियनसिपका ३/३ जना गरी २४ जना खेलाडीहरुको सहभागिता रहेको छ।

च्याम्पियनसिपमा खुल्लातर्फ तीन जना र महिलातर्फ उत्कृष्ट चार जना हंगेरीको बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औ चेस ओलम्पियाडमा सहभागिता निश्चित गर्नेछन्।

चेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय