+

पीएम कप एनभीए लिग भलिबमा पुलिसको दुवै टोली विजयी

२०८१ जेठ  १९ गते २१:५६ २०८१ जेठ १९ गते २१:५६
पीएम कप एनभीए लिग भलिबमा पुलिसको दुवै टोली विजयी

काठमाडौं । नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले पीएम कप एनभीए लिग भलिबलमा शनिवार जित हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपकको कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ पुलिसले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हरायो । पुलिसले सुदूरपश्चिमलाई २५-२०, २५-१५, २५-१६ ले हरायो ।

यस्तै महिलातर्फ विभागीय डर्बीमा पुलिसले रोमाञ्चक खेलमा त्रिभुवन आर्मीलाई ३-२ ले हरायो । पुलिसले आर्मीलाई २६-२४, २५-२२, २३-२५, २२-२५, १५-८ ले हरायो ।

यस्तै शनिवारै भएको पुरुषतर्फको खेलमा विभागीय टोली एपीएफ गण्डकी प्रदेशसँग ३-१ ले पराजित भयो ।

तीन भारतीय खेलाडीको साथ पाएको गण्डकीले एपीएफलाई २५-२२, १९-२५, २५-२०, २५-१९ ले हरायो ।

यस्तै शनिवारै भएको पुरुषतर्फको उद्घाटन खेलमा टिप टप हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३-१ ले हराउँदै विजयी सुरुवात गरेको छ ।

महिलातर्फ भने एपीएफले विजयी सुरुवात गरेको छ । पाँच सेटसम्म चलेको अर्को रोमाञ्चक खेलमा एपीएफले चन्द्रागिरी न्य डायमण्डलाई ३-२ को सेटमा हरायो ।

एपीएफले न्युडायमण्डलाई २५-२३, २३-२५, २०-२५, २५-१५, १५-३ ले हरायो ।

एनभीए लिग पीएम कप एनभीए लिग भलिबल भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय