+

टी-२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य

२०८१ जेठ  २० गते ८:१० २०८१ जेठ २० गते ८:१०
टी-२० विश्वकप : अमेरिकालाई क्यानडाले दियो १९५ रनको लक्ष्य

२० जेठ, अमेरिका । निकोलस किर्टोन र नवनीत धालिवालको अर्धशतकमा क्यानडाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

डालसमा रहेको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनायो ।

क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा नट आउट रहे ।

क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५.२ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे ।

परग्रत सिंह भने ५ रनमै रन आउट भए । त्यो समय क्यानडा ८ ओभरमा ६६-२ को अवस्थामा थियो । त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । धालिवाल कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भएका थिए ।

अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक/एक विकेट लिए । समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् ।

क्यानडा र अमेरिकाको यो टी-२० विश्वकप इतिहासमा पहिलो खेल समेत हो ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय