+
+

दुई कम्पनीका सेयरमा लकइन अवधि सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते ८:५५

२० जेठ, काठमाडौं । म्युचुअल फण्डले होल्ड गरेको मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा लकइन अवधि सकिएसँगै आइतबारदेखि कारोबार फुकुवा भएको छ ।

शुक्रबार र शनिबार ती दुई कम्पनीको सेयरमा लकइन अवधि सकिएको हो । मुक्तिनाथ कृषि कम्पनीको थप ७० हजार कित्ता सेयर कारोबारका लागि फुकुवा भएको छ । त्यस्तै वेयरहाउजिङको ६८ हजार ७५० कित्ता सेयरमा कारोबार फुकुवा भएको छ । यी दुई कम्पनीको कुल १ लाख ३८ हजार ७५० कित्ता सेयरमा कारोबार फुकुवा भएको हो ।

बिहीबार बजार बन्द हुँदा वेयरहाउजिङको मूल्य ७८९ रुपैयाँ ९० पैसा कायम भएको छ । सो दिन कम्पनीको मूल्य ५.९६ प्रतिशत घटेको हो । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको मूल्य प्रतिकित्ता ९६२ रुपैयाँ ४० पैसा छ । यसको मूल्य बिहीबार ४.८१ प्रतिशत घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?