+
+

के हो दुई कोरियाबीच जारी बेलुन र पर्चा युद्ध ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १०:३९

दक्षिण कोरियाको राजधानी सोलमा अधिकारीहरूले स्थानीय बासिन्दालाई घर बाहिर ननिस्किन सल्लाह दिएका छन् । साथै जनतालाई कुनै पनि अज्ञात वस्तु नछुन पनि आह्वान गरिएको छ ।

उत्तर कोरियाले फोहोरले भरिएका सयौं बेलुनहरू दक्षिण कोरियामा खसालेको छ ।

यो घटना पश्चात् दुई कोरियाबीच ६० वर्षभन्दा पनि अगाडिदेखि चलिरहेको प्रोपोगान्डा युद्धका सम्झनाहरू ताजा भएका छन् ।

मंगलबार रातिमात्रै दक्षिण कोरियामा फोहोर भरिएका कम्तिमा २६० वटा प्लास्टिकका थैलीहरू फेला परेका थिए, जो बेलुनहरुमा बाँधेर खसालिएका थिए । त्यसपछि दक्षिण कोरियाली अधिकारीहरूले आफ्ना नागरिकलाई घरभित्रै बस्ने सल्लाह दिए ।

उत्तर कोरियाले केही दिनअघि दक्षिण कोरियाली संगठनहरूले उत्तर कोरियामा विरोधी पर्चाहरू पठाएको कार्यको विरुद्धमा जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो ।

जब  २८० करोड पर्चा बाँडियो …

दक्षिण कोरिया के प्योंगटे में एक पहाड़ी पर मिले बैग इकट्ठा करते सैनिकती विज्ञापनिक पर्चाहरु (लिफलेट्स) लाई कोरियाली भाषामा पीरा भनिन्छ।

सन् १९५० को कोरियाली युद्धका क्रममा उत्तर कोरिया र दक्षिण कोरियाले बेलुनहरूको मद्दतबाट एक अर्काको क्षेत्रमा यस्ता पर्चाहरु खसालेका थिए ।

यो तरिका त्यसबेला चलनचल्तीमा आयो जब संयुक्त राष्ट्रसंघीय सेनाले युद्धका क्रममा उत्तर कोरियामा पर्चा खसाल्यो । त्यसपछि जबाफी कारबाहीका क्रममा उत्तर कोरियाली पनि संयुक्त राष्ट्रसंघीय सेनालाई लक्षित गर्दै पर्चा खसालेको थियो ।

सन् १९५३ को जुलाई २७ मा जब युद्धविराम सम्झौतामा हस्ताक्षर गरियो, तबसम्म करिब दुई अर्ब ८० करोड पर्चा खसालिसकिएको थियो । त्यसमध्ये २५० करोड पर्चा दक्षिण कोरिया र राष्ट्रस‌ंघीय सैनिकले खसालेका थिए । त्यस्तै उत्तर कोरिया र सोभियत संघले ३० करोड पर्चा खसालेका थिए ।

कोरियाली युद्धका क्रममा प्रयोग गरिएका पर्चाहरुको मात्रा यतिधेरै थियो कि त्यसले पूरै कोरियाली प्राय:द्वीपलाई २० भन्दा धेरै पटक छोप्न सकिन्थ्यो ।

मानिसहरुको ध्यान आकर्षित गर्नका लागि अधिकांस पर्चाहरु चम्किलो रंग, मुख्यतः रातो रंगका हुन्थे । त्यसमा मुख्यतः आत्मसमर्पणलाई प्रोत्साहित गर्ने खालका सन्देश लेखिएको हुन्थ्यो ।

कतिपय पर्चामा सुरक्षाको ग्यारेन्टीको प्रमाणपत्र पनि समावेश थिए र त्यस्ता पर्चा राख्ने मानिसहरुलाई सुरक्षा दिइने प्रतिबद्धता गरिएको हुन्थ्यो ।

आफ्नै प्रसंसा गर्ने सन्देश

सन् १९५३ को युद्धविराम सम्झौता पश्चात् युद्ध समाप्त भयो । तथापि त्यसपछि पनि दुवै देशले पर्चाहरू बाँडिरहे । त्यसरी बाँडिने पर्चामा एक अर्का देशका नेताहरु तथा सरकारको आलोचना गरिएको हुन्थ्यो ।

साठी तथा सत्तरीको दशकमा उत्तर कोरियाको पर्चामा प्योंगयांगको विकास तथा अध्यक्ष किम इल संगका उपलब्धिहरूलाई प्रवर्द्धन र प्रचार गर्ने कुरामा जोड दिइएको हुन्थ्यो ।

सत्तरीको दशकमा उत्तर कोरियाली पर्चाहरुमा बाचा गरिएको थियो कि जो सैनिक उत्तर कोरियामा आउँदछ, उसलाई विभिन्न फाइदा प्राप्त हुनेछन् ।

अस्सी के दशक में दक्षिण कोरिया से उत्तर कोरियाई लोगों को भेजे गए एक संदेश में देखा जा सकता है कि एक जानीमानी मॉडल उनके इस तरफ़ आने पर इनाम का वादा कर रही हैं
असीको दशकमा दक्षिण कोरियाबाट उत्तर कोरियालीहरूलाई पठाइएको सन्देश । यसमा एक प्रसिद्ध मोडेलले उनीहरूको आगमनको लागि इनामको प्रतिज्ञा गरिरहेकी छन् ।

ती बाचाहरुमा अधिकार तथा स्वतन्त्रताको ग्यारेन्टी, रोजगारीको व्यवस्था, नि:शुल्क सुविधासम्पन्न आवास, जीवन निर्वाह भत्ता तथा नगद पुरस्कार समेत सामेल थिए ।

सत्तरीको दशकका बेला उत्तर कोरियाको आर्थिक अवस्था कुनैबेला दक्षिण कोरियाको भन्दा पनि राम्रो मानिन्थ्यो । सोही कारणले गर्दा कतिपय दक्षिण कोरियाली नागरिकहरुले त्यस्ता पर्चा पढेसँगै देश छाडेर उत्तर कोरिया गएका घटना पनि सार्वजनिक भए ।

असीको दशकसम्म दक्षिण कोरियाली विद्यार्थीहरुले उत्तर कोरियाले छरेका पर्चाहरू उठाउनु सामान्य कुरा थियो । ती पर्चालाई उनीहरुले स्कुल तथा पुलिस स्टेशनमा लैजान्थे र त्यहाँ उनीहरुलाई पुरस्कारको रुपमा कलम, कापी तथा विद्यालयमा चाहिने विभिन्न शैक्षिक सामग्रीहरु दिइन्थ्यो ।

उत्तर कोरियाका सरकारी कार्यालयहरुले जासूसलाई सुपुर्दगी गर्ने वा दक्षिण कोरिया विरोधी पर्चा जम्मा गर्ने कामका लागि समेत पुरस्कारको घोषणा गर्दै सूचना जारी गरेका थिए ।

जबजब दुवै देशको आर्थिक स्थिति परिवर्तन भयो तब दक्षिण कोरिया आर्थिक रुपले शक्तिशाली बन्यो । उसले उत्तर कोरिया विरोधी आफ्ना पर्चाहरूमा यसको उपयोग गर्‍यो ।

सन् १९८८ को सोल ओलम्पिकका क्रममा ‘के तपाईंले तबसम्म खान चाहनुहुन्न जबसम्म तपाईंको पेट नभरियोस् ?’ भन्ने जस्ता नारालाई आर्थिक अवस्थाको परिवर्तनलाई दर्शाउनका लागि उपयोग गरियो ।

रोकावट

सन् १९९१ म अन्तर कोरियाली आधारभूत सम्झौता भयो भने सन् २००० मा दुई कोरियाको बीचमा शत्रुता बढाउने खालका सबै कानुनलाई निलम्बन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । त्यसपछि दुवै देशले त्यस्ता पर्चा छर्ने गतिविधिलाई आधिकारिक रुपमा बन्द गरे ।

इस उत्तर कोरियाई पर्चे में दक्षिण कोरियाई नाटक के एक लोकप्रिय पात्र को दिखाया गया है, जिसका उपयोग दक्षिण कोरियाई राजनीति की आलोचना करने के लिए किया गया है.
दक्षिण कोरियाली राजनीतिको आलोचना गर्न उत्तर कोरियाली पर्चामा प्रयोग गरिएको दक्षिण कोरियाली नाटकको एक लोकप्रिय पात्र ।

सन् २००७ मा दक्षिण कोरियाली प्रहरीले उत्तर कोरियाली प्रचार सामाग्रीको संग्रह तथा भण्डारणलाई नियन्त्रित गर्नेसम्बन्धी नियमहरु खारेज गर्यो । त्यसपछि त्यस्ता सामग्रीहरू  बुझाउने व्यक्तिलाई स्कुल सामग्रीहरु लगायतका पुरस्कार दिने प्रचलन पनि समाप्त भयो । यसरी आधिकारिक रुपमा पर्चा बाँड्ने काम त बन्द भयो, तर पर्चाहरु पूर्णरुपमा गायब भने भएनन् ।

जब दक्षिण कोरियाली राष्ट्रपति ली म्युंग बकको समयमा दुईदेशीय सम्बन्धमा चिसोपना आउन थाल्यो, तब एक आपसमा आलोचना तथा प्रोपोगाण्डाको युद्ध पुनः सुरु भयो । अनि दुवै देशको आकारमा एकपटक पुनः पर्चाहरु उड्न थाले ।

सन् २००० को दशकमा दक्षिण कोरियाका नागरिक संगठनहरु उत्तर कोरिया विरोधी पर्चा पठाउने कार्यमा अगाडि देखिए । उनीहरुले चाउचाउ कप, एक अमेरिकी डलरको बिल तथा पर्चाहरु जस्ता विभिन्न वस्तुहरु पनि उत्तर कोरिया पठाए ।

सन् २०१० मा चेओनान नौसैनिक जहाज डुबेको घटनापछि उत्तर कोरिया विरोधी पर्चा वितरण निकै बढ्यो ।

सन् २०१६ को जनवरीमा उत्तर कोरियाको चौथो परमाणु परीक्षणपछि दक्षिण कोरियाको पार्क ग्यून उच्च प्रशासनले जवाफीमा कारबाही स्वरुप उत्तर कोरियाका लागि लाउडस्पिकर प्रसारण पुनः सुरु गरेको थियो ।

सिमानामा अवस्थित स्पिकरहरुबाट प्रसारित प्रसारणहरूमा उत्तर कोरियामा मानवअधिकार हननका बारेमा समाचार तथा लोकप्रिय कोरियाली आइडल संगीतको सहयोगमा व्यापक सांस्कृतिक आदानप्रदान समावेश गरिएको थियो ।

त्यसको जवाफमा उत्तर कोरियाले ठुलो परिमाणमा दक्षिण कोरिया विरोधी पर्चा बाँड्न सुरु गर्‍यो । तीमध्ये अधिकांस पर्चाहरूमा वाशिंटनको उत्तर कोरिया नीति तथा दक्षिण कोरियाको राजनीतिक स्थितिको आलोचना गरिएको थियो ।

सन् २०१८ को अप्रिल २७ मा दक्षिण कोरियाली राष्ट्रपति मून जे एन र उत्तर कोरियाली नेता किम जोंग उनले ‘पनमुनजोम घोषणापत्र’को घोषणा गरे ।

दुवै नेताहरूले मे १ तारेखदेखि सैन्य सिमांकन रेखासँगै लाउडस्पीकर प्रसारण तथा पर्चा बाँड्नेलगायतका सबै शत्रुतापूर्ण गतिविधिहरु रोक्ने कार्यमा सहमति जनाए ।

त्यसका बाबजुत फाइटर्स फर ए फ्री नर्थ कोरियाजस्ता दक्षिण कोरियाली नागरिक समूहहरुले पर्चा बाँड्ने काम रोकेनन् ।

त्यसबेला किम जोंग उनकी बहिनी किम यो जोंगले चेतावनी दिंदै भनिन् – यदि दक्षिण कोरियाली सरकार फोहोरको भव्य प्रदर्शन तथा अप्रिय स्थितिलाई सुरुमै रोक्नमा असफल भयो भने दुई देशको सम्बन्ध अझै खराब हुन सक्दछ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?