+
+

चीनको सफलतासँग तुलना गर्दै चिनियाँ राजदूतले भने- नेपालीले पनि कामबाट जवाफ दिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते ११:०६

२० जेठ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत छन सोङले चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलोपटक सफलतापूर्वक अन्तरिक्ष यान अवतरण गरेको खुसीयालीलाई नेपालसँग जोडेका छन् ।

नेपालीले आशा गुमाइसके भनेर टिप्पणी गर्नेहरूलाई नेपालीले चीनले जस्तै कामद्वारा जवाफ दिनुपर्ने उनले संकेत गरेका छन् ।

बेइजिङको समय अनुसार बिहान ६:२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ । सीएनएनले चीनको यो दुर्लभ सफलताको समाचार बनाएपछि राजदूत छन सोङले भनेका छन्, ‘हामीले के पाठ सिक्न सकिन्छ भने जब मानिसहरूले तपाइँको खिल्ली उडाउँछन्, गाली गर्छन्, तपाइँ केवल साहसी हुन आवश्यक छ, तपाइँको सीमा-कमजोरीलाई उनीहरूको जंगली कल्पना भन्दा बाहिर धकेल्नुपर्छ।’

नेपाललाई जोड्दै उनी अगाडि भन्छन्, ‘नेपालको साथ पनि त्यस्तै हो, जब मानिसहरूले नेपाल आशाहीन भन्छन्, हामीले उनीहरूलाई एकपछि अर्को क्रमभङ्ग र गेमचेञ्जर दिनुपर्छ । यात्रा सुरु गरौं, र सकारात्मक र रचनात्मक होऔं । किनभने नेपाल पनि यसको हकदार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?