+
+

संसद अवरोधको विकल्प खोजौं, नत्र जनता नै जाग्छन् : असिम शाह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १२:००

२० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसुद असिम शाहले संसदमा हुने अवरोधले संसदमा जनताको आवाज मुखरित हुन नपाएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले संसद अवरोधको विकल्प सदाका लागि खोजिनुपर्ने बताए ।

‘संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन्’ सांसद शाहले बताए ।

विगतमा संसदमा अवरोध हुँदा बोल्न नपाएको र सरकारलाई राय, सुझाव र खबरदारी गर्ने ठाउँमा आफूहरु चुक्न पुगेको उनको भनाइ छ ।

आफू र आफनो पार्टी संसदमा हुने अवरोधलाई ‘नो नट अगेन’ भन्ने पक्षमा रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?