+
+

बंगलादेशको आईएफआईसी बैंकले स्थगित गर्‍यो नबिलको सेयर बेच्ने प्रक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १२:०६

२० जेठ, काठमाडौं । संस्थापक सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले नबिल बैंकको सेयर बेच्ने निर्णय स्थगित गरेको छ । आईएफआईसीले डेढ वर्षअघि नै नबिल बैंकको सेयर बेचेर बाहिरिने प्रक्रिया सुरु गरेको थियो । १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बेच्नका लागि अघि बढाइएको कामकारवाही स्थगित भएको छ ।

नबिल इन्भेस्टमेन्ट बैंकिङले एक सार्वजिनक सूचना जारी गर्दै आईएफआईसीको नबिल बैंकमा विद्यमान सेयर कायमै राख्ने निर्णय भएको जानकारी गराएको हो ।

‘नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने भनी आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक सेयरधनीले समेत निवेदन फिर्ता लिई सेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको जानकारी गराएकोले जेठ १९ गते बसेको संचालक समिति बैठकले नियामक निकायलाई जानकारी गराउने निर्णय गरेको छ’ सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?