+
+

रेखा, प्रदीप र पूजाबीच नयाँ फिल्ममा सहकार्य हुन लागेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १२:३३

काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाले आइतबार बिहान एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिन् । फोटोमा रेखा, प्रदीप खड्का र पूजा शर्मा एकसाथ देखिएका छन् ।

नयाँ फिल्मको तयारीमा जुटिरहेको बेला रेखाको उक्त फोटोलाई अर्थपूर्णरुपमा लिइएको छ । शनिबार बेलुका यी तीनजना कलाकारबीच लाजिम्पाटको एक रेस्टुरेन्टमा भेट भएको थियो ।

रेखा निकट स्रोतका अनुसार सम्भवतः प्रदीप र पूजा उनको आगामी फिल्ममा कास्ट हुन सक्छन् । रेखा र पूजाको सहकार्य त पछिल्लो रिलिज ‘उपहार’मा समेत भएको थियो ।

यसबारे अनलाइनखबरले प्रदीपसँग जिज्ञासा राखेको थियो । उनले पनि सहकार्य हुनसक्नेतर्फ संकेत गरे । ‘सहकार्य गर्नुपर्छ भन्ने टपिक्समा कुरा भएको हो । यसका लागि म रेडी छु,’ प्रदीप भन्छन्, ‘पुजार सार्की पनि सहकार्य गर्न सकिन्छ भन्ने उदाहरण हो । बिस्तारै यो काम होला ।’

प्रदीप अहिले ‘एक्टर’को सुटिङमा व्यस्त छन् । भदौदेखि सुदर्शन थापाको नयाँ फिल्ममा उनले काम गर्नेछन् । त्यसपछि दशैंपछि मात्र रेखाको फिल्म हुनसक्ने सम्भावनातर्फ प्रदीपले संकेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?