+
+

फिल्म ‘ह्रस्वदीर्घ’ संविधान दिवसका दिन रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १३:०३
फिल्म 'ह्रस्व दीर्घको' स्वरांकन गर्दै अभिनेत्री विपना थापा

काठमाडौं । मल्टिस्टारर फिल्म ‘ह्रस्वदीर्घ’को रिलिज संविधान दिवसको अवसरमा असोज ३ गते हुने भएको छ । पूर्वनिर्धारित मितिभन्दा फिल्म एक साताअघि नै रिलिज हुने तय भएको हो ।

निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले प्रदर्शन मिति हेरफेर भएको बताइन् । ‘उक्त डेट प्रदर्शनको लागि उपयुक्त दिन ठानेर रिलिजको निधो गरेका हौं,’ नीताले भनिन् ।

फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । डबिङकै लागि अभिनेत्री विपना थापा यतिबेला काठमाडौंमा छिन् । चन्द्र पन्त निर्देशित यो फिल्ममा नेपाली र भारतीय कलाकारको बाक्लो सहभागिता छ ।

नीतासँगै हरिहर अधिकारी, भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड फिल्म ‘गजिनी’का अभिनेता प्रदीप रावत, अलिसँगै नेपालका विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनभन्दा बढी कलाकार पनि फिल्ममा छन् ।

सोसल–ड्रामासहितको प्रेमकथामा आधारित फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । भारतका कवीरलालले फिल्म छायांकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?