+
+

ह्वाट्सएपबाट आफ्ना विवरण लिक भएको एलन मस्कको दाबी

एजेन्सी एजेन्सी
२०८१ जेठ २० गते १३:१८

लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएप अहिले पुनः चर्चामा छ । सोसल मिडिया प्लाटफर्म एक्सका मालिक एलन मस्कले ह्वाट्सएपमाथि गम्भीर आरोप लगाएका छन् ।

मस्कको उक्त दाबीपछि करोडौं ह्वाट्सएप प्रयोगकर्ताहरु ह्वाट्सएपमा आफ्ना डेटा तथा गोपनियतालाई लिएर चिन्तित बनेका छन् ।

ह्वाट्सएपले दैनिक रुपमा रातको समयमा प्रयोगकर्ताका डेटा ट्रान्सफर गर्ने गरेको आरोप अर्बपति एलन मस्कले लगाएका छन् ।

सोसल मिडिया प्लाटफर्म एक्समा ट्विटरका एकजना पूर्वकर्मचारीले एउटा पोस्ट गरेका छन् । त्यसमा १२ घण्टाका समाचारहरुको झलक देखाइएको थियो । त्यसमा नवौं नम्बरमा लेखिएको थियो कि ह्वाट्सएपले रातमा प्रयोगकर्ताका डेटाहरू बाहिर लैजान्छ ।

प्रयोगकर्ताका ती विवरणलाई विश्लेषण गरिने र विज्ञापनका लागि प्रयोग गरिने भन्दै प्रयोगकर्तालाई ग्राहक होइन कि प्रडक्टको रुपमा प्रयोग गरिने दाबी त्यसमा गरिएको छ ।

एलन मस्कले सोही पोस्टलाई एक्समा पुनः पोस्ट गर्दै भनेका छन् : ह्वाट्सएपले हरेक रात प्रयोगकर्ताका विवरण बाहिर लैजान्छ । तर अझैपनि केही मानिसहरुले यो सुरक्षित छ भन्ने ठान्दछन् ।

यद्यपि एलन मस्कले मेटा कम्पनी तथा उसका सोसल मिडिया प्लाटफर्महरुको आलोचना गरेको यो पहिलो पटक होइन ।

हालौमात्र मस्कले मेटाको विज्ञापन अभ्यासको आलोचना गर्दै मेटालाई निकै लोभी रहेको टिप्पणी गरेका थिए ।

ह्वाट्सएपले प्रयोगकर्ताका डेटाहरु रातको समयमा बाहिर लैजाने गरेको एलन मस्कको पोस्टका विषयमा एक्समा विभिन्न खालका टिप्पणीहरु भैरहेका छन् ।

कतिपयले मस्कको आलोचना गरेका छन् भने कतिले उनको समर्थन पनि गरेका छन् । यद्यपि ह्वाट्सएपले भने यसबारेमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?