+
+

डिलिट गरिएका पुराना तस्वीर किन देखिए आइफोनमा ? यस्तो छ एप्पलको जवाफ

एजेन्सी एजेन्सी
२०८१ जेठ २० गते १३:२९

हालैका दिनमा आइफोन प्रयोगकर्ताहरुको फोटो ग्यालरीमा त्यस्ता तस्वीरहरू पनि देखिन थाले । जसलाई उनीहरुले १० वर्षअघि नै डिलिट गरिदिएका थिए ।

डिलिट गरेका त्यस्ता पूराना तस्वीर आइफोनमा पुनः देखा पर्दा आइफोन प्रयोगकर्ताहरु हैरान भए । करिब एक हप्तासम्म आइफोनमा यस्तो समस्या देखियो । आखिर किन यस्तो भयो ? आइफोन निर्माता एप्पलले यसबारेमा प्रष्टीकरण दिएको छ ।

एप्पलका अनुसार एउटा बगका कारण यस्तो भएको हो । उक्त बग एप्पलको अपरेटिङ सिस्टम आईओएस १५.५.१ म देखिएको थियो । एप्पलले सो बगलाई समाधान गर्नका लागि अपडेट जारी गरेको छ ।

सो बगका बारेमा विस्तृतमा जानकारी दिंदै एप्पलले करप्ट डेटाबेसका कारण त्यस्तो भएको जिकिर गरेको छ । तथापि उक्त बगका कारण आइक्लाउडका तस्वीरहरू भने प्रभावित नभएको एप्पलको भनाइ छ ।

कतिपय प्रयोगकर्ताहरुले आफूले पुरानो आइफोनबाट २०१० मै डिलिट गरेका तस्वीहरू आफ्नो नयाँ आइफोनमा देखिएको जनाएका छन् ।

एप्पलले भने प्रयोगकर्ताहरुले नयाँ फोन प्रयोग गर्ने बेलामा पुरानो फोनका डेटाहरुको ब्याकअप लिने भएकाले यस्तो भएको बताएको छ ।

तर, आफ्नो पुरानो फोनलाई फ्याक्ट्री रिसेट गरेर बेचिसकेका प्रयोगकर्ताहरु भने यो बगबाट प्रभावित नभएको एप्पलको भनाइ छ  ।त्यसैले त्यस्ता प्रयोगकर्ताहरुले आफ्ना तस्वीरहरू अरु कसैको हातमा परे कि ? भन्ने चिन्ता गर्नु नपर्ने एप्पलले जनाएको छ ।

साथै यो बगबाट निकै कममात्रै प्रयोगकर्ताहरु प्रभावित भएको पनि एप्पलको दाबी छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?