+
+

गुगलको नयाँ फिचर, अकाउन्टको पासवर्ड शेयर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १३:३९

गुगलको पासवर्ड म्यानेजरका बारेमा त तपाईंलाई थाहै छ होला । पासवर्ड म्यानेजरबाटै गुगल एपमा वा क्रोम ब्राउजरमा पासवर्ड सेभ गर्ने गर्ने गर्नुभएको छ होला । अहिलेसम्म केवल गुगल पासवर्ड सेभ गर्ने सुविधामात्रै थियो । तर, अबचाहिं तपाईंले पासवर्ड शेयर पनि गर्न सक्नुहुनेछ ।

गुगलले प्रयोगकर्ताहरुलाई एउटा निकै उपयोगी फिचर उपलब्ध गराएको छ, जसअन्तर्गत तपाईंले गुगल पासवर्ड म्यानेजरको पासवर्डलाई आफ्ना साथी तथा परिवारसँग शेयर गर्न सक्नुहुन्छ ।

पासवर्ड म्यानेजरको पासवर्ड शेयर गर्नका लागि प्रयोगकर्ताले सुरुमा एउटा पारिवारिक समूह बनाउनु पर्नेछ । त्यसपछि आफुले पासवर्ड शेयर गर्न चाहेका सदस्यहरुलाई उक्त समूहमा जोड्नु पर्दछ ।

यो समूहमा नजोडिएकासँग चाहिं पासवर्ड शेयर गर्न सकिने छैन, उनीहरुसँग गुगल अकाउन्ट भए पनि ।

यो नयाँ अपडेटसँगै अब गुगल पासवर्ड म्यानेजरमा गएसँगै एउटा पपअप नोटिफिकेसन देखिनेछ । जसमा उक्त पासवर्डको एउटा प्रतिपरिवारका सदस्यसँग शेयर गर्न चाहेको बारेमा सोधिएको हुन्छ ।

यसरी पासवर्ड शेयर गरिसकेपछि तपाईंले गुगलको पारिवारिक सदस्य समूहमा जोडेका सबै जनाले ती वेबसाइट तथा अकाउन्टमा लगइन गर्न सक्नेछन्, जुन तपाईंले गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?