+
+

जापानी कम्पनीले बनायो विद्युतीय चम्चा, नुनको सेवन कम गर्न मद्दत गर्ने

एजेन्सी एजेन्सी
२०८१ जेठ २० गते १४:०४

भान्सामा प्रयोग हुने विभिन्न घरायासी विद्युतीय सामानहरू बजारमा उपलब्ध छन्, जसले हाम्रो दैनिकीलाई सहज बनाइरहेको छ । तर, अहिलेसम्म विद्युतीय चम्चा भने आएको थिएन । अब चाहिं यो रिक्तता पनि पूरा भएको छ ।

एक जापानी कम्पनीले विद्युतीय चम्चा उत्पादन गरी बिक्री सुरु गरेको छ । प्रसिद्ध जापानी पेय पदार्थ कम्पनी किरिन होल्डिंग्सले विद्युतीय चम्चाको बिक्री सुरु गरेको हो ।

यो विद्युतीय चम्चाले खानामा अधिक सोडियमको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्नेछ र यसले अतिरिक्त सोडियम बिना नै नुनको स्वादलाई कायम राखिदिनेछ । अर्थात् यसले स्वस्थ भोजनलाई बढावा दिनेछ।

यही सोमबार कम्पनीले विद्युतीय चम्चा लञ्च गरेको हो । यो चम्चाले गत वर्ष आइजी नोबेल पुरस्कार समेत प्राप्त गरेको थियो ।

किरिन कम्पनीले १९ हजार ८०० जापानी येन अर्थात् करिब १७ हजार नेपाली रुपैयाँमा हाल केवल २ सयवटा विद्युतीय नुन चम्चा अनलाइनमा बेच्नेछ। केही थप चम्चाको बिक्री जुन महिनामा हुनेछ । आगामी पाँच वर्षभित्रमा १० लाख ग्राहकलाई विद्युतीय चम्चा बिक्री गर्ने कम्पनीको योजना छ ।

जापान बाहिर अन्तर्राष्ट्रिय बजारमा आगामी वर्षदेखि यो चम्चाको बिक्री सुरु गरिने कम्पनीले जनाएको छ ।

प्लास्टिक र धातुबाट बनेको यो चम्चालाई कम्पनीले मिजी विश्वविद्यालयका प्राध्यापक होमी मियाशितासँग मिलेर तयार पारेको हो । उनले यसअघि यस्तो प्रोटोटाइप विद्युतीय चपस्टिक बनाएका छन् जसले खानाको स्वाद बढाइदिन्छ ।

कम्पनीले तयार पारेको पछिल्लो विद्युतीय चम्चाले खानामा अतिरिक्त नुन नथपिकनै नुनिलोपनाको स्वाद बढाउन सहयोग गर्दछ । यसले जिब्रोमा निकै मन्द विद्युतीय क्षेत्र सिर्जना गर्दछ ।

स्मरण रहोस् किरिन कम्पनीले हालसम्म बियरको व्यापार गर्दै आएकोमा अहिले स्वास्थ्यसम्बन्धी प्रडक्टहरुको उत्पादनमा ध्यान दिन थालेको छ ।

मनिसमा अधिक नुन सेवनको बानीलाई कम गर्ने यस्तो प्रविधियुक्त चम्चा जापानमा निकै उपयोगी र लाभदायी हुने विश्वास कम्पनीको छ ।

जापानमा प्रौढ मानिसहरुले औसतमा दैनिक १० ग्रामसम्म नुन सेवन गर्दछन् । यो भनेको विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दोब्बर बढी हो । नुनसँगै अधिक सोडियमको सेवनले मानिसमा उच्च रक्तचाप, हृदयाघात लगायतका विभिन्न स्वास्थ्य समस्या देखिन्छन् ।

किरिन कम्पनीमा काम गर्ने शोधकर्ता आइ सातो भन्छन्- जापानको एउटा खाना संस्कृति छ, जसमा नुनको स्वादलाई मन पराइन्छ । जापानीहरुमा समग्र रुपमा नुनको सेवन घटाउनु आवश्यक छ तर हामीमा जुन खानपानको बानी छ त्यसबाट टाढा हुन कठिन छ । यस्तो अवस्थाले नै गर्दा हामीलाई यो विद्युतीय चम्चाको विकास गर्न प्रेरित गरेको हो ।

६० ग्राम तौल भएको यो चम्चामा रिचार्जेबल लिथियम ब्याट्रीको प्रयोग गरिएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?