+

राष्ट्रिय भलिबलमा पुलिसको दोस्रो जित, एभरेष्टको विजयी सुरुवात

२०८१ जेठ  २० गते १३:५५ २०८१ जेठ २० गते १३:५५
राष्ट्रिय भलिबलमा पुलिसको दोस्रो जित, एभरेष्टको विजयी सुरुवात

२० जेठ, काठमाडौं । पीएम कप राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ ।

दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा पुलिसले चन्द्रागिरि नगरपालिका न्यू डाइमण्डलाई ३–१ ले पराजित गरेको हो ।

पुलिसले १९–२५, २५–२२, २५–२२ र २९–२७ ले नतिजा आफ्नो पक्षमा पारेको हो । यस जितसँगै पुलिसले प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।

शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुलिसले आर्मीलाई ३–२ सेटले हराएको हो । न्यू डाइमण्डको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा शनिबार न्यू डाइमण्ड एपीएफसँग ३–२ ले पराजित भएको थियो ।

आज भएको महिलातर्फको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई ३–० ले हराएको छ । एभरेष्टले कर्णालीलाई २५–१६, २५–८ र २५–१० ले हराएको हो ।

आज पुरुषतर्फ ४ खेल हुनेछन् । पहिलो खेल आर्मी र बूढानीलकण्ठबीच हुनेछ । दोस्रोमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन् । तेस्रोमा पुलिस र एपीएफको हुनेछ भने चौथो खेल टिपटप हेल्प नेपाल र कोशी प्रदेशबीच हुनेछ ।

पहिलो खेलमा आर्मी, गण्डकी, पुलिस र हेल्प नेपालले विजयी सुरुवात गरिसकेका छन् ।

पीएम कप राष्ट्रिय भलिबल महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय