
२० जेठ, काठमाडौं । नोभेम्बरमा काठमाडौं महानगरपालिकाले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ आयोजना गर्ने भएको छ ।
बेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर स्वदेश आएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले आयोजना गर्ने बताएकी हुन् । उनले सम्मेलनमा विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर पाएको बताइन् ।
उपप्रमुख डंगोल सहभागी भएको सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र डंगोलले विचार राखेकी थिइन् ।
फेस्टिभलको संवाद सत्रमा ‘वुमन अफ द वर्ल्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा डंगोल ९ जेठमा बेलायत गएकी थिइन् ।
प्रतिक्रिया 4