+
+

फिल्म खेल्न नेपाल आइपुगे राजबल्लभ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १४:२८

काठमाडौं । अभिनेता राजबल्लभ कोइराला कमब्याक फिल्म ‘एक्टर’का लागि अमेरिकाबाट काठमाडौं आइपुगेका छन् । उनी आइतबार बिहान आएका हुन् ।

यो फिल्ममार्फत कोइरालाले नौ वर्षपछि पुनरागमन गर्दैछन् । उनको पछिल्लो फिल्म ‘हे युवा’ सन् २०१५ मा रिलिज भएको थियो । राजबल्लभले लगातार १५ दिनसम्म फिल्मको छायांकन गर्ने निर्माता थमन भण्डारीले जानकारी दिए ।

अहिले वर्कसप भइरहेको स्थानमा राजबल्लभलाई प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीसहितका कलाकारले स्वागत गरे । सोमबारदेखि दोस्रो चरणको छायांकन सुरु हुँदैछ ।

राजन भुसाल निर्देशित यो फिल्मको छायांकन सकिन अझै एक महिना लाग्ने जनाइएको छ । नेपाली फिल्म उद्योगमा कार्यरत अभिनेताको कथा भन्ने यो फिल्ममा सुशील सिटौला, दिव्यदेव, प्रदीपकुमार चौधरीको पनि अभिनय छ ।

फिल्मको प्रदर्शन लक्ष्मीपूजाको दिन कात्तिक १५ गते हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?