+

अमेरिकामा नन्दालाई दोहोरो स्वर्ण

२०८१ जेठ  २० गते १४:२९ २०८१ जेठ २० गते १४:२९
अमेरिकामा नन्दालाई दोहोरो स्वर्ण

२० जेठ, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसीपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।

अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण जितेकी हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिकी सदस्य समेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण हो ।

नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।

अमेरिका कुकिवन कप नन्दा बस्याल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय