+
+

बजेटले मुलुकको अर्थप्रणालीलाई लयमा ल्याउँछ : माओवादी सचिव पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १४:४५

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मुलुकको अर्थ प्रणालीलाई सही बाटोमा ल्याउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले पछिल्लो १५ वर्षमा मुलुकमा बढ्दै गएको निराशालाई लयमा ल्याउने गरी अर्थमन्त्रीले बजेट ल्याएको बताए ।

बजेटमा केही कमी कमजोरी र कार्यान्वयनमा आशंका रहेको भन्दै उनले त्यसमा अर्थमन्त्रीले ध्यान दिनुपर्ने धारणा राखे । ‘४/५ वर्षयता बजेट लयमा हिँडेको थिएन, त्यसलाई लयमा ल्याउने काम यो बजेटले गर्‍यो’ उनले भने ।

चालु आर्थिक वर्षमा २० खर्बसम्मको बजेट आउने अपेक्षा रहेको भन्दै पौडेलले तर अर्थमन्त्रीले स्रोतमा ध्यान दिएर १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए । बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तुलनात्मक रुपमा सन्तुलित र सम्भव भएको पौडेलको भनाइ छ ।

गाउँपालिका, अस्पताल र वडा कार्यालयका कतिपय भवनहरु बजेट अभावमा अलपत्र परेको भन्दै पौडेलले त्यस्ता संरचनालाई पूरा गर्न बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । त्यस्तै पुल, सडकजस्ता राज्यको लगानी भइसकेका योजनामा पनि बजेट विनियोजन गर्न ध्यान दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?