+
+

यो वर्ष १६ लाख पर्यटक भित्र्याउँछौं : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १५:१०

२० जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

गोरखापत्र परिसरमा जारी फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।

कोभिड-१९ का कारण पर्यटक आगमन घटेको भन्दै उनले सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको बताए ।

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दु धर्माबलम्बी पर्यटकको संख्या धेरै रहेको भन्दै उनले नेपालको प्राकृतिक सम्पदा, हिमाल आरोहणमा आउने पर्यटक अझ बढाउन सकिने बताए ।

पर्यटन क्षेत्रको विकासले मुलुकको समृद्धिको आधार समेत तयार हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?