+
+

दोहोरो अंक बढ्यो सेयर बजार, व्यापार समूहमा ६ प्रतिशत वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १५:१६

२० जेठ, काठमाडौं । साताको पहिलो दिन सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २०८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब २१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३१ करोडको भयो ।

१७४ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने १२ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्यो । फाइनान्स समूह २. १७ प्रतिशत बढ्यो । बैंकिङ १.११, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.२६, जीवन बीमा ०.७७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६७ तथा अन्य समूह सूचक ०.९६ प्रतिशत बढे । उत्पादन समूह २.४ र लगानी ०.२३ प्रतिशत घटे ।

मल्टिपर्पोज फाइनान्स र मकरजितुमाया हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कालिन्चोक दर्शनको ८.८५, अपरसोलु हाइड्रो कम्पनीको ८.४८ तथा माइखोला हाइड्रोपावरको ८, नेपाल फाइनान्सको ७.८, अपरलोहोरे खोलाको ७.४४, साल्ट ट्रेडिङ कर्पोरेसनको ६.९६ प्रतिशत बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको ९.१३ प्रतिशत मूल्य घट्यो । युनिलिभरको ७.८८, पोखरा फाइनान्सको ५.२५, सुपरमादी हाइड्रोपावरको ३.७३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, पोखरा फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, अपर लोहोरेखोला, एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?