+
+

नेसनल युथ फेस्टिभल २६ जेठमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १५:१९

२० जेठ, काठमाडौं । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता, उद्दमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले नेसनल युथ फेस्टिभल-२०२४ आयोजना हुने भएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), वाईईडी टक्स, परिवर्तनका लागि युवा (युथ फर चेन्ज) र इन डेप्थ स्टोरी (आईडीएस) को संयुक्त आयोजनामा २६ जेठमा नेपाल प्रज्ञा प्रतिष्ठानमा नेसनल युथ फेस्टिभल हुने भएको हो ।

विभिन्न वक्ताहरूको जीवनको अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरू निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

जसमा नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइत, बौद्ध भिक्षुणी तथा विश्व चर्चित गायिका आनी छोइङ डोल्मा, पाइलट विजय लामा, पूर्व बैंकर अनिल केशरी शाह, उद्दमी तथा गोल्डस्टार नेपालकी कार्यकारी निर्देशक विदुषी राणा, मानव सेवा आश्रमका परिकल्पनाकार तथा समाजसेवी रामजी अधिकारी र पत्रकार टीकाराम यात्री लगायत वक्ताहरुको जीवनको अनुभव र भोगाइलाई समेटिएको छ ।

एउटा सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न वक्ताहरूको प्रवचनका साथै गायक स्वप्न सुमन र सुशान्त घिमिरेको ब्यान्ड सहितको विशेष सांगीतिक प्रस्तुती समेत रहने सुवेदीले जानकारी दिए ।

आफ्नो ज्ञान, सिप र क्षमताको सदुपयोग यसै देशमा केही सफल कार्य गरी आगामी पुस्ताको असल पथप्रदर्शक बन्नका लागि प्रेरित गर्ने उदेश्य रहेको वाईईडी टक्सका दिवस कार्कीले बताए ।

विद्यालय शिक्षा (कक्षा १२) बाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीका  लागि लक्षित गर्दै कार्यक्रम गर्न लागिएको र कार्यक्रममा इच्छुक विद्यार्थीले सहभागिता लागि अनलाइन मार्फत आफ्नो नाम दर्ता सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?