+
+

नेपालगञ्जको कारकादाे चोकमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा न्यूरोडमा स्थानान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १६:५२

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित कारकादो चोकको शाखालाई सोही वडाको न्यूरोडमा स्थानान्तरण गरेको छ ।

स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको-१८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

उक्त शाखा स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज हुने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिका-५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिका-७ स्थित नारायणस्थानबाट संयुक्त कारोबार सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?