+

मिर्गौला र पित्तथैली बाहेक अन्य ठाउँमा पनि हुनसक्छ पत्थरी

२०८१ जेठ  २१ गते ७:०० २०८१ जेठ २१ गते ७:००
मिर्गौला र पित्तथैली बाहेक अन्य ठाउँमा पनि हुनसक्छ पत्थरी

मानव शरीरको सबै अचम्मको क्षमतामध्ये सबैभन्दा अनौठो भनेको ढुंगा उत्पादन गर्ने क्षमता हो । मिर्गौलाको पत्थरी वा पित्तथैलीको पत्थरी र त्यसबाट हुने समस्याबारे हामी सबैले सुनेकै हुन्छौं । तर यी बाहेक शरीरमा अन्य पत्थरी पनि हुनसक्छन् र ती शरीरका यस्ता भागमा हुनसक्छन्, जसको बारेमा कमै चर्चा हुन्छ ।

विश्वमा करिब १० जनामध्ये एक जनालाई मिर्गौलाको पत्थरीको समस्या छ । यो मूलतः क्याल्सियम र अक्सालेट रगतबाट पिसाबमा चुहावटको कारणले हुन्छ । अक्सालेट प्राकृतिक यौगिकहरू हुन्, जुन बोटबिरुवा र मानिस दुवैमा पाइन्छ ।

क्याल्सियम र अक्सालेटको चुहावटका कारण तिनीहरू जम्मा भएर ढुंगाको रूप लिन सक्छन् । मिर्गौलाको पत्थरीको आकार पनि फरक हुनसक्छ । यी चौडाइमा मिलिमिटरभन्दा कमदेखि एक सेन्टिमिटर वा बढीसम्म हुनसक्छन् ।

केही पत्थरी असामान्य आकारको पनि हुनसक्छ । तर यदि मिर्गौला नहर (क्यालिसेस)को हाँगाहरूमा ढुङ्गा बन्न थाले भने यसले मृगको सिङको आकार पनि लिन सक्छ । यसलाई ‘स्ट्याघर्न क्याल्कुलस’ भनिन्छ ।

पत्थरी कुनबेला समस्यामा परिणत हुन्छ ?

मिर्गौलाको पत्थरी समस्याको कारण बन्न सक्छ, जब त्यसले मूत्रनलीको बाटो अवरुद्ध गर्छ । यदि यसो भयो भने मानिसलाई पिसाब फेर्न कठिनाइ मात्र होइन, उसको ढाडको तल्लो भागमा गम्भीर दुखाइ पनि हुनसक्छ । जसकारण मिर्गौला वरिपरि पिसाब जम्मा हुन थाल्छ वा इन्फेक्सन हुने खतरा हुन्छ ।

पित्तथैलीमा पत्थरी बन्नु सामान्य अवस्था हो, बोसोहरू पित्तथैलीबाट आन्द्रामा वा पित्तथैलीभित्र पित्त बोक्ने नलीहरूमा उत्पादन हुन्छन्, जसले पाचनमा मद्दत गर्छ ।

पित्तमा हुने कोलेस्टेरोल वा पिग्मेन्टका कारण पित्तथैलीको पत्थरी बन्न सक्छ, ती एक वा एकभन्दा बढी हुनसक्छन् ।

मिर्गौलाको पत्थरी जस्तै पित्तथैली (जस्तै सामान्य पित्त नली) को साँघुरो ठाउँमा पित्तथैली पसेको छ भने यसले पेट दुख्ने, इन्फेक्सन र जन्डिस जस्ता समस्या निम्त्याउन सक्छ ।

पत्थरी बन्ने अन्य कारण

शरीरका विभिन्न तरल पदार्थका कारण पनि पत्थरी बन्न सक्छ । उदाहरणका लागि र्‍यालको ढुंगा ।

र्‍याल कान, जिब्रो र जिब्रोमुनि भएका ग्रन्थीद्वारा उत्पादन हुन्छ । मुखमा परेपछि खानालाई भिजाउने र पचाउने प्रक्रियामा यसले ठूलो भूमिका खेल्छ । तर क्याल्सियम, म्याग्नेसियम र फस्फेट जस्ता विभिन्न तत्त्वबाट र्‍यालको पत्थरी बन्न सक्छ ।

यदि र्‍यालको ढुंगा बन्यो वा नलीमा अड्कियो जसको माध्यमबाट र्‍याल मुखमा पुग्छ, यसले मुखमा र्‍याल झर्ने प्रक्रियालाई रोक्न सक्छ । यस्तो भयो भने मुखमा कडा दुखाइ र सुन्निएको अनुभव हुनसक्छ । र्‍याल निस्किने ग्रन्थीमा इन्फेक्सन भएमा मुखबाट दुर्गन्ध पनि आउन सक्छ ।

टन्सिलमा पत्थरी

यसबाहेक टन्सिलमा पनि ढुंगा देखिन सक्छ । टन्सिल ग्रन्थीहरु घाँटीको तल र पछाडि अवस्थित हुन्छन् । यो लिम्फोइड तन्तुहरूको समूह हो, जुन शरीरको प्रतिरक्षा प्रणालीको भाग हो । त्यसमा सुन्निने र बारम्बार संक्रमित हुने सम्भावना हुन्छ ।

टन्सिलमा केही भागलाई क्रिप्ट्स भनिन्छ । कहिलेकाहीं यी क्रिप्टहरूले खाना टुक्रा गर्ने र र्‍याल अड्किएर बस्न सक्छ यी टन्सिल ढुंगाहरु वा टन्सिलोलिथहरू हुन् । यी ढुंगाहरु नरम हुन्छन् तर समयसँगै  कडा भएर असजिलो अवस्था सिर्जना गर्न सक्छन् । जसकारण सास गन्हाउने र बारम्बार संक्रमणको सामना गर्नुपर्ने हुनसक्छ ।

यसबाहेक शरीरमा रहेका अन्य पदार्थहरू कडा भएर पत्थरी बन्न सक्छन् । उदाहरणका लागि केही अवस्थामा मानव मल यति कडा हुनसक्छ कि यो ढुंगा जस्तै कडा हुनसक्छ । यसलाई कोप्रोलाइट भनिन्छ ।

यसबाहेक नाभीमा जम्मा हुने छालाका टुक्राहरू पनि कडा भएर ढुंगा जस्तै बन्न सक्छन् । यी ढुंगालाई ओम्फालोलिथ भनिन्छ ।

पत्थरीबाट बच्न के गर्ने ?

केही सरल उपायहरू अपनाएर हामी पत्थरीबाट बच्न सक्छौं । यीमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शरीरमा पानीको उचित मात्रा हुनु हो । सही मात्रामा पानी पिउनाले पिसाब पातलो हुन्छ, जसले कब्जियत रोक्छ र मुखमा ब्याक्टेरिया बन्नबाट रोक्छ । यो विधिले शरीरमा धेरै प्रकारको पत्थरी बन्नबाट रोक्न सक्छ ।

टन्सिलको पत्थरीबाट बच्न मुख सफा राख्नु अति आवश्यक हुन्छ । नियमित ब्रस गर्दा पनि यसको जोखिम कम हुन्छ ।

यसबाहेक खासगरी पित्तथैलीको पत्थरीको लागि आहार पनि महत्त्वपूर्ण हुन्छ । चिल्लो खानेकुरा र मोटोपनले यस्तो पत्थरी निम्त्याउन सक्छ ।

पत्थरी हुने केही कारणबाट भने चाहेर पनि बच्न सकिंदैन । जस्तै महिलाको उमेर ४० वर्षभन्दा माथि हुनुले पित्तथैलीको पत्थरी बन्ने सम्भावना बढाउँछ । क्याल्सियम र अक्सालेटमा धेरै हुने खानेकुरा जस्तै दुग्धजन्य उत्पादन, पालुङ्गो कम खानाले पनि मिर्गौलाको पत्थरीलाई रोक्न मद्दत गर्न सक्छ ।

पहिल्यैदेखि पत्थरीको समस्या छ भने के गर्ने ?

पहिलेदेखि नै पत्थरीको समस्या र त्यसको कारण समस्या भइरहेको छ भने इन्डोस्कोपी वा शल्यक्रिया मार्फत पत्थरी हटाउनुपर्छ । मिर्गौलामा पत्थरी भएको अवस्थामा ढुंगा पिसाबको नली हुँदै पिसाबथैलीमा नपुगेसम्म र शरीरबाट बाहिर ननिस्किएसम्म पर्खिन सकिन्छ ।

कहिलेकाहीं कागती चुस्नाले र्‍यालको पत्थरीबाट राहत मिल्न सक्छ । कागतीले र्‍याल बन्ने प्रक्रियालाई बढाउन सक्छ, जसले गर्दा धेरै र्‍याल एकैसाथ र्‍याल नलीमा आउँछ र ढुंगा बाहिर निस्कन्छ । विभिन्न प्रकारका ढुंगाहरुकफो लागि विभिन्न प्रकारका उपचारहरू उपलब्ध छन्, तर केही साधारण उपायले पनि  पत्थरी बढ्नबाट रोक्न सकिन्छ ।

बीबीसीबाट

पत्थरी स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?