+
+

नेपाल भित्रियो सिट्रोन ई–सी ३ साइन, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १७:१८

काठमाडौं । नेपालका लागि फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन ई–सी३ को प्रिमियम मोडल सिट्रोन ई–सी३ साइन नेपाल भित्र्याएको छ ।

उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा भित्रिएको यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास कम्पनीको छ ।

अत्याधुनिक प्रविधि र परिष्कृत आराम सुविधाहरूले सुसज्जित यस इलेक्ट्रिक गाडी सिट्रोन ई–सी३ साइनमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्‍याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विल र इलेक्ट्रिकल ओआरभीएम जस्ता फिचरहरु समावेश छन् । यी फिचरहरूले प्रयोगकर्तालाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले सिट्रोन ई–सी३ साइनको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अन्तिम स्टकसम्म रहने कम्पनीको भनाइ छ ।

किफायती मूल्यमा उपलब्ध सिट्रोन ई–सी३ साइनले विद्युतीय गाडीहरूको गतिशीलतालाई नेपाली बजारमा पहुँच योग्य बनाउँदै लैजाने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?