+
+

खैरो हेरोइनसहित कोटेश्वरबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते १७:३६

२० जेठ, काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित कोटेश्वरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका–१ घर भएकी ३६ वर्षीया सपना भुजेल र सोही ठाउँका ४१ वर्षीय कुमार भुजेल छन् ।

३० लाग औषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

त्यसैगरी उनीहरुबाट लागु औषध तौल गर्न प्रयोग हुने २ थान डिजिटल तराजु र ५५ हजार रुपैयाँ समेत बरामद भएको छ । कोटेश्वरको रमाइलो लज एण्ड भोजनालयको दोस्रो तलाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ को कसुर अन्तर्गत म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?