
२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टीसँग छलफल गरेर ल्याएको भए बजेट थप राम्रो हुने बताएका हुन् ।
उनले भने, ‘बजेटप्रति असन्तुष्टि होइन । तर छलफल गरेर ल्याएको भए झनै राम्रो हुन्थ्यो ।’
संसद्मा आजबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4