२० जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फको खेफमा एपीएफलाई पाँचौं सेटमा हराउँदै पुलिसले लिगमा दोस्रो जित दर्ता गरेको छ ।
आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा पुलिसले २१–२५, २५–२३, १४–२५, २५–२१ र १५–१३ मा एपीएफमाथि जित निकालेको हो ।
पुलिसले शनिबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेशमाथि ३–० को सहज जित हात पारेको थियो ।
एपीएफको भने यो दोस्रो हार हो । एपीएफले शनिबार पहिलो खेलमा गण्डकीसँग ३–१ को हार व्यहोरेको थियो ।
प्रतिक्रिया 4