+
+

तिहाड जेलमा फर्किए केजरीवाल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २० गते २०:२८

२० जेठ, काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलमा फर्किएका छन् ।

भारतको सर्वोच्च अदालतले १० मेमा केजरीवाललाई लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो ।

२१ दिनका लागि बाहिर रहेका केजरीवाल आइतबार तिहाड जेल फर्किएको एनडीटीभीले उल्लेख गरेको छ ।

उनले भनेका छन्, ‘मलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन अनुमति दिएको थियो । यो समय अविष्मरणीय रह्यो । मैले देशका लागि अभियान चलाएँ । पहिला देश अगाडि आउँछ, अनिमात्रै आम आदमी पार्टी ।’

पुनः जेल जानुअघि केजरीवालले केही समाचार संस्थाले प्रकाशन गर्दै आएको चुनावी प्रक्षेपण गलत भएको प्रतिक्रिया दिएका छन् ।

जेल जानुअघि उनी महात्मा गान्धीको समाधिस्थल र हनुमान मन्दिर पुगेका थिए ।

केजरीवाललाई मदिरासम्बन्धी नीतिमा अनियमितता गरेको अभियोगमा ईडीले २१ मार्चमा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?