+

रियल मड्रिडमा अनुबन्ध हुन एमबाप्पेले गरे सम्झौता

२०८१ जेठ  २१ गते ६:१४ २०८१ जेठ २१ गते ६:१४
रियल मड्रिडमा अनुबन्ध हुन एमबाप्पेले गरे सम्झौता

काठमाडौं । केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौताको म्याद सकिएपछि नि:शुल्क ट्रान्सफरमा रियल मड्रिडमा आबद्ध हुन सम्झौता गरेका छन् ।

फ्रेन्च क्लब पीएसजीसाग एमबाप्पेको सम्झौता ३० जुनमा सकिंदैछ ।

फ्रान्सेली स्ट्राइकर एमबाप्पेले फेब्रुअरीमै मौखिक रूपमा बर्नाबेउ जान सहमति दिएका थिए । त्यसपछि मेमा उनले सिजनको अन्त्यमा पीएसजी छोड्ने घोषणा गरे।

२५ वर्षीय एमबाप्पेले अब रियल मड्रिडसँग विभिन्न बुँदामा सम्झौता गरिसकेका छन् । जुलाई १ मा स्पानिस ला लिगा ट्रान्सफर विन्डो खुलेपछि उनी स्पानिस क्लब जाने बीबीसीले जनाएको छ ।

भर्खरै कीर्तिमानी १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियलले अर्को हप्ता एमबाप्पेसँग सम्झौता घोषणा गर्ने अपेक्षा गरिएको छ ।

युरो २०२४ अघि नै औपचारिक रूपमा  बर्नाबेउमा प्रस्तुत गर्ने तयारी रहेको बीबीसीले जनाएको छ ।

सन् २०१८ मा फ्रान्सका लागि विश्वकप जितेका एमबाप्पेले सन् २०१७ मा मोनाकोबाट पीएसजी पुगेयता क्लबका लागि कीर्तिमानी २५६ गोल गरेका थिए ।

एमबाप्पेले रियलसँग २०२९ सम्मको सम्झौतामा सहमति जनाएका छन् । जसमा एक सिजन १५ मिलियन युरो कमाउनेछन् । यस्तै उनले बोनस पनि पाउनेछन् ।

किलियन एमबाप्पे रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय