+

नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डीको फाइनलमा, उपाधिका लागि बंगलादेशसँग खेल्ने

२०८१ जेठ  २१ गते ८:१४ २०८१ जेठ २१ गते ८:१४
नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डीको फाइनलमा, उपाधिका लागि बंगलादेशसँग खेल्ने

२१ जेठ, काठमाडौं । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुगेको छ ।

ढाकामा आइतबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९-५ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टोलीले ५०-५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको थियो । जहाँ नेपालले बाजी मार्‍यो ।

नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

अब नेपालले उपाधिका लागि घरेलु बंगलादेशसँग आज खेल्नेछ । समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको बंगलादेशले थाइल्याण्डलाई हराएर फाइनलम स्थान बनाएको हो ।

समूह चरणमा भने नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

बंगबन्धु कप कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय