+
+

यस्तो हुनेछन् एप्पल १६ सिरिजका आइफोन

एजेन्सी एजेन्सी
२०८१ जेठ २१ गते ९:०२

एप्पलले निकट भविष्यमै आफ्नो बहुप्रतिक्षित आइफोन १६ सिरिज लञ्च गर्ने तयारी गरिरहेको छ । एप्पलले सधैंझैं यो वर्षपनि सेप्टेम्बरमै नयाँ सिरिजको आइफोन लञ्च गर्ने पक्कापक्की छ ।

नयाँ फोन लञ्च हुनुभन्दा केही समय अघिदेखि नै आसन्न आइफोनका विभिन्न फिचरहरुका बारेमा समाचार सार्वजनिक हुने गर्दछन् । आइफोन १६ सिरिजमा एप्पलले उपलब्ध गराउने भनिएका केही फिचर्स पनि लिक भएका छन् ।

रिपोर्ट अनुसार एप्पलले आइफोन १६ एसइ तथा एसइ प्लस लञ्च गर्ने सम्भावना छ। यद्यपि अहिलेसम्म कुनै पनि जानकारीहरुको पुष्टि भएको छैन । कम्पनीले आइफोन १६ सँगै आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स पनि ल्याउने बताइएको छ ।

के हुनेछ आइफोन १६ प्रो मा खास ?

समाचार अनुसार आइफोन १६ प्रो मा कुनै पनि बटन हुनेछैन । भौतिक बटनको साटो आइफोनमा क्यापेटिभ बटन हुनेछ जसमा ह्याप्टिक रेस्पोन्ड प्रविधि उपलब्ध हुनेछ ।

यो बटनले दबाबलाई अनुभव गर्दै वास्तविक फिजिकल बटनले जस्तै काम गर्नेछ । यसका अलावा आइफोन १६ प्रो मा क्विक भिडियो क्याप्चरका लागि अर्को एउटा यस्तै बटन हुनेछ।

साथै नयाँ आइफोनमा एक्सन बटन पनि रहनेछ । आइफोन १६ सिरिजमा अघिल्लो संस्करणमा जस्तै टाइप सी पोर्ट हुनेछ ।
त्यसैगरी आइफोन १६ प्रो र प्रो म्याक्समा स्क्रिनको आकार ठूलो हुने बताइएको छ । जस अनुसार प्रो मोडेलमा ६.३ इन्च र प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले रहनेछ।

आइफोन १६ प्रो मोडेलमा ए१८प्रो चिपसेट हुनेछ । त्यस्तै प्रो म्याक्समा सुपर टेलिफोटो लेन्सयुक्त क्यामरा हुने दाबी गरिएको छ । जसमा पाँच गुणा अप्लिटक जूम हुनेछ ।

यसका अलावा एप्पलले एन्टी रिफ्लेक्टिभ कोटिंग प्रविधिमा पनि काम गरिरहेको छ । जसको मद्दतले तस्वीरको गुणस्तरलाई उत्कृष्ट बनाउँदछ । १६ प्रो मा ४८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामरा हुनेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?